Shittalpati
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आज (सोमबार) विश्वभर मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रम गरी १११ औं दिवस मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।
मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै
मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै , रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो । यसरी...
माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान
माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान पाल्पाका दुई स्थानीय सरकार बीच अनुभव आदान–प्रदान गरिएको छ । माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका बीच कार्यगत अनुभव आदान–प्रदान गरिएको हो । माथागढी गाउँपालिकाले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की र उपाध्यक्ष चेतना थापालाई गाउँपालिकाको कार्यालयमा स्वागत गर्दै दुई स्थानीय तह बीच आदान–प्रदान गरेको थियो ।
माथागढीले माग्यो आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन
माथागढीले माग्यो आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन जिल्लाको माथाढी गाउँपालिकाले आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन माग गरेको गरेको छ । गाउँपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आरन सुधार गर्नका लागि निवेदन माग गरेको हो । लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत भएका कार्यक्रमहरु...
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग तानसेन नगरपालिका वडा नं. १३ मा रहेको रानीमहलमा होटल सञ्चालन गर्ने नेपाल पर्यटन बोर्डको प्रस्ताव प्रति आममानिसहरूले अस्वीकृती जनाउँदै प्रतिक्रिया दिइरहेका छन् । रित्तामहलको संरक्षण गरिरहनु पर्ने खासै औचित्यता नदेखेर नै होला पर्यटन बोर्डले विकल्पका रूपमा प्रस्ताव अगाडि सारेको छ । यस सम्बन्धमा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक पनि हो ।
नारी दिवसको सार्थकता
नारी दिवसको सार्थकता प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको छ । आज पनि विश्वभर यो दिवस मनाउन लागिएको छ । दिवसका दिन नारी स्वतन्त्रता तथा सशक्तिकरणको सवालमा चर्चा परिचर्चा, बहस र अन्तक्र्रियाहरु गरिँदै आइएको...
३ लाख ४८ हजार डोज खोप आइपुग्यो
३ लाख ४८ हजार डोज खोप आइपुग्यो नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको ३ लाख ४८ हजार डोजको खोप आइपुगेको छ । आइतबार टर्किस एयरलाइन्सको विमानमार्फत खोप नेपाल ल्याइएको हो ।
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि
वरिष्ठ पत्रकार चापागाईंलाई विद्यावारिधिको उपाधि वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधिको उपाधि प्रदान गरिने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चापागाईंलाई ‘बौद्ध दर्शन र सञ्चार’ शोध प्रबन्धमा विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज ! सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएसँगै ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।
आफ्नैबाट असुरक्षा
आफ्नैबाट असुरक्षा गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको...
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।
Weather Update