भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु
शुक्रबार, चैत २, २०८०

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
सोमबार, फागुन २८, २०८०
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ...

त्रिशूली बस दुर्घटना : मृतकको संख्या सात पुग्यो ( अपडेट)
बुधबार, फागुन २३, २०८०
दिङको गजुरी गाउँपालिका–५ घाटबेँसी त्रिशूलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।

यात्रुवाहक बस त्रिशूली नदीमा खस्यो : चारको मृत्यु, ३० जनाभन्दा बढी घाइते
बुधबार, फागुन २३, २०८०
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित त्रिशूली नदीमा खसेको छ । आज विहान सो बस त्रिशूलीमा खसेको हो ।

तानसेन–रानीमहल सडक स्तरोन्नती अन्तिम चरणमा
शुक्रबार, फागुन १८, २०८०
तानसेन–रानीमहल सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहल जाने सडक खाल्डाखुल्डी भएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेको अवस्थामा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ठेक्का प्रक्रियामार्फत सडक स्तरोन्नतीको काम धमाधम गराएको हो ।
1709186095.jpg)
बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक
बिहीबार, फागुन १७, २०८०
तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।

दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला
आइतबार, फागुन १३, २०८०
दैनिक दिउँसोमा चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि खुला गरिएको छ । पहाड काट्ने काम लगभग सकिएकाले चौविसै घण्टा बाटो खुला गरिएको हो ।
1708841041.jpg)
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो
आइतबार, फागुन १३, २०८०
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माण धमाधम हुन थालेपछि कामले गति लिएको हो ।

नारायणगढ–मुग्लिन सडक फागुन १३ गतेदेखि बन्द नहुने
बिहीबार, फागुन १०, २०८०
दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बुधबार, फागुन ९, २०८०
जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दाङमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा. ५ प. ५४५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.२ झ. ३६५२ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएका थिए ।

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, फागुन ७, २०८०
जिल्लाको माथागढी गाउँपालिका ५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा रहबास–खैरेनी भित्रि कच्ची सडक खण्डमा रुपन्देहीको खैरेनीबाट माथागढी गाउँपालिका ५ स्थित रहेको घामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

सवारी दुर्घटनाको कहालीलाग्दो शृङ्खला
शुक्रबार, फागुन ४, २०८०
सिद्धार्थ राजमार्गको डुम्रेबाट पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाने क्रममा चिदिस लुम्पेकडाँडामा मंगलबार साँझा भएको कहाली लाग्दो जिप दुर्घटनामा १० जना यात्रुको ज्यान गयो । यात्रुले खचाखच भरिएको लु १ ज २३७१ नम्बरको जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटना हुँदा १० जनाको अकालमै ज्यान गएको हो, भने १८ जना घाइते...

कपिलवस्तु बस दुर्घटना अपडेट: दश जना मृतकको सनाखत
बिहीबार, फागुन ३, २०८०
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।