राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण
आइतबार, कात्तिक ११, २०८१
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
शनिबार, कात्तिक १०, २०८१
रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
शनिबार, कात्तिक ३, २०८१
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
शुक्रबार, कात्तिक २, २०८१
दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’
बुधबार, असोज ३०, २०८१
डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
बुधबार, असोज ३०, २०८१
डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
सोमबार, असोज २१, २०८१
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।
गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
शनिबार, असोज १९, २०८१
काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
शनिबार, असोज १९, २०८१
अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।


