आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, वैशाख २०, २०८२
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
शनिबार, वैशाख २०, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
शीत कल्प कृति ‘प्रकृति’
शनिबार, वैशाख २०, २०८२
नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन
शुक्रबार, वैशाख १९, २०८२
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । स्ववियुले शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
मजदुरले थाहा नपाएको ‘श्रमिक दिवस’
शुक्रबार, वैशाख १९, २०८२
देशभर १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । दिवस श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्ने, श्रमिकले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदान –प्रदान गर्ने दिन हो ।
रामपुरका महिलालाई उद्यम विकास तालिम
शुक्रबार, वैशाख १९, २०८२
जिल्लाको रामपुरका महिलाहरुलाई उद्यम विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
बिहीबार, वैशाख १८, २०८२
जिल्लाको चन्द्रकोट गाउँपालिकामा ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ । गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
बिहीबार, वैशाख १८, २०८२
आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालंसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिकले मे १ लाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको...
तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
बुधबार, वैशाख १७, २०८२
जिल्लाको तानसेनमा पहिलो पटक ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याइने भएको छ । तानसेन नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा तानसेन –३ भगवतीटोलस्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।
आज अक्षय तृतीया,यस्तो छ महत्व
बुधबार, वैशाख १७, २०८२
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो ।
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
मंगलबार, वैशाख १६, २०८२
पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
मंगलबार, वैशाख १६, २०८२
यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला
मंगलबार, वैशाख १६, २०८२
जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

-1714716579.jpg)
