Shittalpati
तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

पाल्पा, जिल्लाको तानसेनमा पहिलो पटक ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याइने भएको छ । तानसेन नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा तानसेन –३ भगवतीटोलस्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा केन्द्र सञ्चालन गर्न लागिएको हो । 

केन्द्र सञ्चालनका लागि मंगलबार त्रिपक्षीय सम्झौता भएको छ । तानसेन नगरपालिका, डिजास्टर एजुकेशन प्रोमोशन अफिस ललितपुर र सिनेट प्लस आर्टस सेन्टर फर क्रियाटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टर, कोवे जापानबिच केन्द्र सञ्चालनका लागि सम्झौता भएको हो । विपद्का घटनाहरु घट्न नदिन र घटी हाले त्यसबाट हुने क्षति कम गर्ने उद्देश्यले विद्यालयमा विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र सञ्चालन हुन लागेको हो । जसका लागि पहिलो पक्षको तर्फबाट तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, दोस्रो पक्षकोतर्फबाट डिजास्टर एजुकेशन प्रोमोशनका अध्यक्ष दीपक मरहठ्ठा र सनेट प्लस आर्टस् सेन्टर फर क्रियाटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टरका कार्यकारी निर्देशक केन्द्र हिराटाबिच भर्चुअल प्रविधिमार्फत २३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल विपद्को उच्च जोखिममा रहेकाले त्यसबाट हुने क्षति न्यूनिकरणसँगै विपद्का घटनाहरु हुन नदिन विद्यालयस्तरमा स्रोत केन्द्र सञ्चालन गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले विद्यालय तहका विद्यार्थीहरुलाई विपद् जोखिमका बारेमा सिकाई परिवार र समुदायमा समेत सचेतना पुग्ने भएकाले विद्यालयमा स्रोत केन्द्र नै सञ्चालन गर्न लागिएको बताए । मेयर श्रेष्ठले नगरभित्रका सामुदायिक विद्यालयहरु मध्येबाट पद्यम पब्लिक माविलाई छनोट गरिएको जानकारी दिए । उनले एक महिनाभित्र कानुन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याउने उल्लेख गरे । जिल्लाका सरोकारवालाहरुको उपस्थितिमा सम्झौता गरिएको हो । सम्झौता कार्यक्रममा डिजास्टर एजुकेशन प्रोमोशनका अध्यक्ष दीपक मरहठ्ठा र सनेट प्लस आर्टस् सेन्टर फर क्रियाटिभ पार्टनरसिप डिजाइन एण्ड क्रियाटिभ सेन्टरका कार्यकारी निर्देशक केन्द्र हिराटाले सम्झौतामा भएका कुराहरु अक्षरांश पालना गरी अगाडि बढ्ने बताए ।

नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले तानसेनमा विपद् जोखिम न्यनिकरण स्रोत केन्द्र स्थापना हुनु सकारात्मक भएको भन्दै सम्झौता अनुसार काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे, सहकारी शाखा प्रमुख विष्णु पौडेल, शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने लगायतले त्रिपक्षी रुपमा भएका सम्झौतालाई नगरपालिकाले अक्षरांसा पालन गरेर जाने बताए । केन्द्रबाट जोखिम न्यूनिकरण सम्बन्धी तालिम, अन्तक्र्रिया, प्रयोगात्मक अभ्यास, विपद् सम्बन्धी तस्वीरहरुको अवलोकन गरिने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update