सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
बिहीबार, भदौ ६, २०८१

लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
बिहीबार, भदौ ६, २०८१
स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
बिहीबार, भदौ ६, २०८१
विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।

पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
बुधबार, भदौ ५, २०८१
पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।

तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
मंगलबार, भदौ ४, २०८१
पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।

घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
मंगलबार, भदौ ४, २०८१
ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।

आयातित जनैले धानिएको ‘जनै पूर्णिमा’
सोमबार, भदौ ३, २०८१
पछिल्लो केही वर्षयता नेपालमा भारत र चीनबाट बर्सेनी ठूलो परिमाणमा जनै आयात हुने गरेको छ ।

विश्व संस्कृत दिवस मनाइँदै
सोमबार, भदौ ३, २०८१
आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ ।

आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा
सोमबार, भदौ ३, २०८१
आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।

वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
आइतबार, भदौ २, २०८१
शनिबाररातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाको तानसेनमा एक घर भत्किएको छ । वर्षाका कारण तानसेन नगरपालिका– ५ कैलाशनगरमा तीनतले घर भत्किएको हो ।

तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट
शुक्रबार, साउन ३२, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रका विपन्न उपभोक्ताहरुले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन् । ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने गराउने २ हजार २ सय २६ विपन्न उपभोक्ताको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।

खोलाले बगाउँदा बेपत्ता
शुक्रबार, साउन ३२, २०८१
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका–१० रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बपत्ता भएका हुन् ।
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल
शुक्रबार, साउन ३२, २०८१
शिक्षा र स्वास्थ्यका विषयमा बेलायती प्रतिनिधिसँग छलफल भएको छ । बुटवल उपमहानगरपालिका, बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको प्रतिनिधिबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा बुटवल उपमहानगरपालिकामा छलफल भएको हो ।