Shittalpati
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा  एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दर्पुक माइती घर भएकी माझी बगनासकाली – ५ मान बहादुर दर्लामीको घरमा डेरा लिई बस्दै आएकी  थिइन् । मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबरका थिए । खबर लगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भीक अनुसन्धान गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update