Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन

पाल्पा, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । स्ववियुले शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।

उक्त भित्तेपात्रोको प्रमुख अतिथि तथा क्याम्पस प्रमुख डा.टंक प्रसाद पन्थ, विशिष्ट अतिथि निर्वतमान क्याम्पस प्रमुख टंक भट्टराई, अतिथिहरु विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, प्राध्यापक संघ इकाई अध्यक्ष खिमबहादुर राना, नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति पुण्यप्रसाद सुवेदी,अनेरास्ववियु इकाइ अध्यक्ष मनोज सिग्देल,अखिल छैठौंका जिल्ला अध्यक्ष ज्योति दर्लामी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मिलन घर्ती मगर, स्वतन्त्र बि.एस.सि समूहका रामु खड्का लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् । 
पात्रो विमोचन गर्दै प्रमुख अतिथि क्याम्पस प्रमुख डा.टंक प्रसाद पन्थले स्ववियुले भित्तेपात्रो विमोचन गरेर अनुकरणी काम गरेको बताए । उनले विद्यार्थीहरुको हरेक समस्यामा क्याम्पस प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह समेत गरे । प्रमुख पन्थले आगामी दिनहरुमा पनि थप रचनात्मक कार्यमा लाग्न आग्रह गर्दै आवश्यक सहयोगका लागि क्याम्पस प्रशासन सधैव तयार रहेको समेत उल्लेख गरे ।

स्ववियु अध्यक्ष मिलन घर्ती मगरले स्ववियुका गतिविधीहरु आमविद्यार्थीहरु समक्ष क्यालेण्डरको माध्यमबाट घर–घरमा पुर्‍याउने लक्ष्यका साथ भित्तेपात्रो प्रकाशन गरिएको बताए । कार्यक्रम स्ववियु अध्यक्ष घर्तीको अध्यक्षता, उपाध्यक्ष सन्तोष सुनारको स्वागत, सचिव सुशिल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update