रामपुर पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शुक्रबार, जेठ ३२, २०८१

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
बिहीबार, जेठ ३१, २०८१
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा विहिबार मृत्यु भएको छ ।
रामपुरको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सुझाव
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बनाउन लागेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । नगरपालिकाले आयोजना गरेको सल्लाहकार र पत्रकारहरुसँग नीति तथा कार्यक्रमका लागि सुझाव संकलनसँगै छलफल कार्यक्रममा सहभागीहरुले कृषि र पर्यटनलाई जोड दिन सुझाव दिएका हुन् ।

‘अर्गानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता
बिहीबार, जेठ ३१, २०८१
अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ । यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकासँग सम्झौत गरेको छ ।

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि
बुधबार, जेठ ३०, २०८१
संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी
मंगलबार, जेठ २९, २०८१
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
मंगलबार, जेठ २९, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
आइतबार, जेठ २७, २०८१
जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।

मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं
आइतबार, जेठ २७, २०८१
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।

लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
आइतबार, जेठ २७, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।

लायन्सको चौथो क्याबिनेट बैठक तानसेनमा
आइतबार, जेठ २७, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबको चौथो क्याबिनेट बैठक पाल्पाको तानसेनमा भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको क्याबिनेट बैठक शनिबार तानसेनस्थित श्रीनगर डवली परिषरमा भएको हो ।

तानसेन पूर्ण खोप सुनिश्चितता पालिका घोषित
शनिबार, जेठ २६, २०८१
जिल्लाको तानसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सह–संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले तानसेनलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेकी हुन् ।

सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा
शुक्रबार, जेठ २५, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन ।