Shittalpati
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया जिल्लाको चन्द्रकोट गाउँपालिकामा  ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ ।  गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालंसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिकले मे १ लाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको...
तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता जिल्लाको तानसेनमा पहिलो पटक ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याइने भएको छ । तानसेन नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा तानसेन –३ भगवतीटोलस्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा केन्द्र सञ्चालन गर्न लागिएको हो । 
आज अक्षय तृतीया,यस्तो छ महत्व
आज अक्षय तृतीया,यस्तो छ महत्व आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो ।
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै  पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा  एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो  
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो   पछिल्लो समय ‘थर्मल थेरापी’ पद्धतिप्रति जिल्लाका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति प्रभावकारी बन्दै गएपछि स्थानीयहरुको आकर्षण बढ्दै गएको हो ।
आज विश्व नृत्य दिवस मनाइँदै
आज विश्व नृत्य दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा 
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा  नेपाल नेत्रज्योति संघ  पाल्पाले २४ औं साधारणसभा मनाएको छ । संघले सोमबार एक समारोहकाबिच साधारण सभा मनाएको हो ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ ।
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे जिल्लाको मालिका गाउँपालिका – ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा आगालागी हुँदा एक दर्जन पशुचौपाया मरेका छन् । गोठमा पानी तताउने क्रममा आगलागी हुँदा  गोठमा रहेका दुई भैसी र १० बाख्रा मरेका हुन् ।
Weather Update