Shittalpati
रिब्दीकोटमा कुटपिटबाट एकको मृत्यु

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –७ पालुङमैनादीका ४० वर्षीय रामबहादुर अर्गालीको छिमेकीको कुटपिटबाट मृत्यु हो ।

उनलाई सामान्य झगडामा छिमेकी भपिन्द्र बहादुर खाम्चाले कुटपिट  गरेका थिए । कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।

मदिरा सेवनका क्रममा सामान्य कुटपिटबाट घाइते अर्गालीलाई परिवारले उपचारका लागि युनाईटेड मिसन  अस्पताल लगेका थिए । उपचार पश्चात उनी आफुखुशी घर गएकोमा घरमै  मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । प्रहरीले कुटपिटमा संलग्न खाम्चालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update