आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
आइतबार, वैशाख १४, २०८२
श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु
आइतबार, वैशाख १४, २०८२
तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको शनिबार मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तानसेनका महिला जनप्रतिनिधीलाई बजेट निर्माणका विषयमा प्रशिक्षण
आइतबार, वैशाख १४, २०८२
जिल्लाको तानसेन नगरपालिका भित्रका महिला जनप्रतिनिधिहरुका लागि बजेट निर्माण सम्बन्धी प्रशिक्षण दिइएको छ । द एसिया फाउण्डेसनले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला जनप्रतिनिधीहरुलाई योजना संकलन, प्राथमिकरण र बार्षिक योजना निर्माणमा प्रशिक्षण दिएको हो ।
आज आमाको मुख हेर्ने दिन, आमालाई सम्मान गरी मनाइँदै
आइतबार, वैशाख १४, २०८२
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।
प्रेस चौतारी पाल्पाले बैशाख २७ गते स्थापना दिवस मनाउने
शनिबार, वैशाख १३, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले यही बैंशाख २७ गते स्थापना दिवस मनाउने भएको छ । शाखाको तानसेनमा बसेको बैंठकले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
शनिबार, वैशाख १३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।
आगलागीबाट चार वर्षीय बालकको मृत्यु
शनिबार, वैशाख १३, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।
नेपालमा कति छन् विद्यालय ?
शनिबार, वैशाख १३, २०८२
नेपालको शिक्षा क्षेत्रमा विगतमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासबाट उल्लेखनीय उपलब्धि प्राप्त हुन थालेको छ ।
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
शनिबार, वैशाख १३, २०८२
‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् ।
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
शनिबार, वैशाख १३, २०८२
विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।
आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै
शनिबार, वैशाख १३, २०८२
आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस...
तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण
शुक्रबार, वैशाख १२, २०८२
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् । पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार...
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
शुक्रबार, वैशाख १२, २०८२
धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


