आज रोपाइँ जात्रा मनाइँदै

पाल्पा, पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा सोमबार रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपेझैँ अनिय गर्दै नाचिने यो नृत्यले रोपाइँको झल्को दिन्छ । रोपाँईंजात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ । जात्रामा रोपाईंमा धान रोपेझैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् । यो जात्रा मल्लकालबाट चलेको संस्कृतिविद् बताउँछन् ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्