Shittalpati
आज विश्व औलो दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व औलो दिवस, नेपालमा पनि मनाइँदै आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन जिल्लाको रामपुर नगरपालिका भित्रका वडाहरुमा मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । नगरपालिकाको न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको हो ।
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रियास् पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रियास् पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित भारतले जम्मु(कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले सीमा(पार आतंकवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।
तुलसीपुरमा जग्गा नापनक्साङ्कनको  काम पुनः सुरु
तुलसीपुरमा जग्गा नापनक्साङ्कनको  काम पुनः सुरु दाङको तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले आजदेखि जग्गाको काम थालेका  हो । तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यस अघि वडा नम्बर ६मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९। ८७ वर्ग...
लोकतन्त्रका १९ वर्ष : नागरिकमा व्याप्त निराशा
लोकतन्त्रका १९ वर्ष : नागरिकमा व्याप्त निराशा मुलुकमा लोकतन्त्र बहाली भएको १९ वर्ष पुगेको छ । जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । जनताले जितेको दिन । देशभरका सडकमा लोकतन्त्रको नारा लागेको दिन ...
आजदेखि विश्व खोप सप्ताह सुरू
आजदेखि विश्व खोप सप्ताह सुरू विश्व खोप सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम हप्तालाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछन् । यस वर्ष २०२५ को विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइँदै छ ।
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक
जम्मू–कश्मीरमा मारिएका नेपाली बुटवलका युवक भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा परी मृत्यु हुने नेपाली बुटवलका एक युवक भएको पुष्टि भएको छ ।
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको हो ।
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला
गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै
विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो...
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
Weather Update