लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
आइतबार, मंसिर २१, २०७७

पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति
शनिबार, मंसिर २०, २०७७
जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।

गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र
शनिबार, मंसिर २०, २०७७
सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।

आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै
शनिबार, मंसिर २०, २०७७
आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।

लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
शनिबार, मंसिर २०, २०७७
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने
बुधबार, मंसिर १७, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

बिपीसँगै जागरण गीत गाउने योद्धाको निधन
मंगलबार, मंसिर १६, २०७७
विसं २०१५ मा नेपाली कांग्रेसका नेता बिपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुट्नुभएका योद्धाको आज निधन भएको छ । रत्ननगर नगरपालिका–१, बकुलहर निवासी खडानन्द पौडेलको ९३ वर्षका उमेरमा निधन भएको हो ।
रिब्दीकोटको घोर्लीखरक बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन
मंगलबार, मंसिर १६, २०७७
पाल्पाको रिब्दीकोट ६ ठिमुरे घोर्लीखरकमा स्थापित रिब्दीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्दीकोट बौद्ध विहारमा सोमबार कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरिएको हो ।

परीक्षा अनुगमन गर्दै
सोमबार, मंसिर १५, २०७७
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराई राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको अनुगमन गर्दै ।

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
आइतबार, मंसिर १४, २०७७
जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक...

पाल्पामा नेपाल नागरिक अभियान गठन
शनिबार, मंसिर १३, २०७७
पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।