नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ
शनिबार, पुस ४, २०७७

कालीगण्डकी किनारमा महिलाको शव फेला
शुक्रबार, पुस ३, २०७७
कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
शुक्रबार, पुस ३, २०७७
अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।

नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना
बिहीबार, पुस २, २०७७
कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्व र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन ।

कारागारमा कैदीको मृत्यु
बुधबार, पुस १, २०७७
कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । मंगलबार बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् ।
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण
मंगलबार, मंसिर ३०, २०७७
नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको छ । माथागढी गाउँपालिका वडा ३ सराईमा एक कार्यक्रमका बिच नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको हो ।

अपाङ्गता बालबालिकालाई वैकल्पिक शिक्षा दिन निकै गाह्रो
मंगलबार, मंसिर ३०, २०७७
अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
सोमबार, मंसिर २९, २०७७
अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
सोमबार, मंसिर २९, २०७७
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो ।

भाषा शिक्षकहरुलाई अनलाइन अभिमुखीकरण तालिम
आइतबार, मंसिर २८, २०७७
भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अनलाइन अभिमुखीकरण तालिम भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि ६ दिने अनलाइन अभिमुखीकरण तालिम भएको हो ।

जलेका लालपूर्जा १८ वर्षपछि वितरण
आइतबार, मंसिर २८, २०७७
अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो ।

कपिलवस्तुमा महिलाको हत्या
आइतबार, मंसिर २८, २०७७
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, मंसिर २६, २०७७
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।