Shittalpati
रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला

पाल्पा, जिल्लाको रामपुर नगरपालिका –८ भुजात स्थित सिद्धबाबामा क्षेत्रमा दूई पुरूष मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो नचिनिने अवस्थामा अन्दाजी ४०/४५ वर्ष उमेरका दुई पुरुष व्यक्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

मृतक दुवै जनाको शव सढेको अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन । उक्त शव कालिगण्डकी नदीले बगाई ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update