निकुञ्जमा गैँडा मर्यो
शनिबार, मंसिर १३, २०७७

गुल्मी दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा स्थानीय सरकारले सार्वजनिक विदा दिने
शनिबार, मंसिर १३, २०७७
जिल्लाको इस्मा गाउँपालिका नै यतिखेर शोकमग्न बनेको छ । ईस्मा ४ हुलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परी हुलका ६ जनाको ज्यान गएपछि स्थानीय तह नै शोकामा डुबेको हो ।

गाउँपिच्छे सडकः छैनन् पुल
शुक्रबार, मंसिर १२, २०७७
वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् ।

भतिजको कुटाइबाट काकाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा विहीबार राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

बालिका हत्याका दोषीलाई कारवाहीको माग
बिहीबार, मंसिर ११, २०७७
राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई
बुधबार, मंसिर १०, २०७७
‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो ।

कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि
बुधबार, मंसिर १०, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

घुस लिएको अभियोगमा वन रक्षक विरुद्ध मुद्दा
मंगलबार, मंसिर ९, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मा विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
मंगलबार, मंसिर ९, २०७७
आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।

देशभर कक्षा १२ को परीक्षा सुरु, ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह
मंगलबार, मंसिर ९, २०७७
कोरोना महामारीका बीच आजदेखि देशभर कक्षा १२ को परीक्षा हुँदै छ । कोभिड–१९ का कारण स्थगित परीक्षा आजविहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो ।

मंसिर १० देखि माथागढीका विद्यालय खुल्ने
सोमबार, मंसिर ८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर १० देखि सञ्चालन हुने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।

गरिबीले छेक्यो पढ्ने रहर
सोमबार, मंसिर ८, २०७७
“बिरामी भएर बा मरें, आमाले अर्काे बिहे गरेर गइन्, मलाई गाउँलेले हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आएका बेसाहारा करण बादीले आफ्ना पीडा यसरी बिसाए ।

चैतदेखि बन्द बगनासकालीका विद्यालय सोमबारदेखि खुल्ने
आइतबार, मंसिर ७, २०७७
कोभिड १९ का कारण चैतदेखि बन्द रहेका बगनासकाली गाउँपालिकाका विद्यालयहरु सोमबार देखि खुल्ने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै बगनासकाली गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।