विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।
गत शनिबार आफ्नै घरमा जि. सुनामी नामक विषादी सेवन गरी बेहोस भएका सोमैको उपचारका क्रममा बुधबार ज्यान गएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्