Shittalpati
परासीमा गोली चल्यो
परासीमा गोली चल्यो पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन ।
यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा
यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारवाहीमा परेको छ । बा २ झ १७४३ नम्वरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारवाहीमा परेको हो 
विश्व वातावरण दिवस : तिनाउको चुनुमाया पार्कमा गरियो वृक्षारोपण
विश्व वातावरण दिवस : तिनाउको चुनुमाया पार्कमा गरियो वृक्षारोपण विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाका विभिन्न सथानमा वृक्षारोपण गरी दिवस मनाइएको हो । आइतबार दिवसको अवसरमा तिनाउ गाउँपालिका–३ दोभानस्थित चुनुमाया पार्कमा वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश वन वातावरण तथा भू–संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ...
रेसुङ्गा बालउद्यानमा वृक्षारोपण
रेसुङ्गा बालउद्यानमा वृक्षारोपण जिल्लाको रेसुङ्गा नगरपालिकाको–९ स्थित रेसुङ्गा बालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर यहाँ वृक्षारोपण गरिएको हो ।
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । खोलामा माछा मार्न गएका जिल्लाको इश्मा गाउँपालिका–२ रातडाँडा सत्तलेका ४१ वर्षीय झविलाल कुमालको खोलामा डुवेर मृत्यु भएको हो ।
आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै
आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । पाल्पा सहित देशभरका नेवार समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउन लागेका हुन् । पहिला पहिला काठमाडौंमा मात्र सिमिति रहेको सिथि नख पर्व पछिल्लो समय काठमाडौंबाट बाहिर गएका नेवार समुदाहरुले आफ्नो ठाउँमा यो पर्व मनाउने गरेको पाइन्छ ।
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि प्रि–इनरोलमेन्ट फारामको काम प्रशनसनबाटै मिलाइएको छ । यहाँ ई–पासपोर्टको सेवा दिन थालेपनि सेवाग्रहीले फाराम भर्दा झन्झटिलो भएको गुनासो गरेपछि जिल्ला प्रशासनले सेवाग्रहरीको सहजताको लागि प्रि–इनरोलमेन्ट काम पनि गरिदिने भएको हो । योसँगै सेवाग्रहीले माग अनुसार सेवा पाउन सहज हुने भएको छ ।
लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र
लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र सामाजिक संस्था लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र दिइएको छ । संस्थाले डिसेम्वर 30, 2021 मा सञ्चालनका लागि अनुमति पाए पनि शनिबार एक औपचारीक कार्यक्रमकाबिच संस्था स्थापनाको प्रमाणपत्र दिइएको हो ।
प्रदेश र संघीय निर्वाचन मंसिरभित्रै गर्ने तयारी
प्रदेश र संघीय निर्वाचन मंसिरभित्रै गर्ने तयारी प्रदेश र संघीय निर्वाचन आगामी मंसिर भित्रै गर्ने तयारी सरकार र आयोगले गरेका छन् । निर्वाचन मंसिरभित्र हुने कि नहुने भन्ने अन्यौल भइरहेका बेला निर्वाचन आयोग र सरकारले तयारी थालेका हुन् ।
पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच
पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले नापतौल यन्त्रहरु नापजाँच गरेको हो । टोलीले सोमबारदेखि वाणिज्य संघको सभाहलमा व्यवसायीहरुको नापतौल यन्त्र नापजाँच गरेको छ । आज भने टोलीले आर्यभञ्ज्याङ्गमा नापजाँच...
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका –४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।
Weather Update