गुल्मीमा अनौठो बच्चाको जन्म
गुल्मी, गुल्मीमा अनौठो बच्चाको जन्म भएको छ । जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरको तोरीपाटामा एक अनौठो बालिकाको जन्म भएको हो ।
यहाँका राजकुमार नेपालीकी श्रीमती २७ वर्षीया गोमा नेपालीले अनौठो बच्चाको जन्म दिएकी हुन् । आँखा नभएको, ठूलो, अस्वाभाविक मुख, साना कान र शरीरभर छाला खोल्सिएको अवस्थामा बालिका जन्मिएको बताइएको छ । हात–खुट्टा पनि सग्ला नभएको बालिका रोए पनि दूध खाने अवस्था नभएकाले परिवार समस्यामा परेको छ । गोमाले चौथो सन्तानको रूपमा घरमै बालिका जन्माएकी हुन् । अरू सन्तान सामान्य अवस्थाकै जन्मिए पनि अहिले अनौठो बच्चा जन्मिएपछि स्थानीयसमेत अचम्ममा परेका छन् । परिवारमा आर्थिक अभावका कारण बच्चाको उपचारका लागि अस्पताल लैजान नसकेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्