Shittalpati
रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर
रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका – १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको हो ।
पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ
पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ प्रभु एयरको हेलिकप्टरका पाईलट तथा क्याप्टेन रानेश डंगोल माथि अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । स्याङ्जामा हेलिकप्टर ल्याण्ड गर्न लगाएर कुटपिट तथा अभद्र व्यवहार गर्ने ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
सहिद सप्ताह सुरु :  पहिलो दिन शास्त्रीको सम्झना गरियो
सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झना गरियो मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंगलबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।
रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल
रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल स्थानीय सरकार र प्रदेश सरकारबिच सहकार्य गर्नेमा जोड दिइएको छ । रामपुरमा भएको स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारबिचको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले विकास र समृद्धिका लागि सहकार्य गर्नेमा जोड दिएका हुन् ।
चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा
चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक भनेको यहाँ बर माग्दा चिच्याएर माग्नुपर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थल मध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ...
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल ! गुल्मीको मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अंगे्रजी माध्यम । कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् ।
मनाइयो सोनाम ल्होसार
मनाइयो सोनाम ल्होसार आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
भारतमा दुई नेपालीको अपहरणपछि हत्या धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
Weather Update