बगनासकाली गाउँ सरकारका सय दिन : ५० उपलब्धी सार्वजनिक
शुक्रबार, भदौ १७, २०७९
सप्त ऋषिको पूजा गरी ऋषि पञ्चमी मनाइयो
शुक्रबार, भदौ १७, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी विहीबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् ।
‘पुस्तक वितरणमा सबैलाई समान गर्छौं ’
बिहीबार, भदौ १६, २०७९
पुस्तक समयमै उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशीक कार्यालय बुटवलका प्रमुख रामविनय श्रेष्ठले पुस्तक वितरणमा सबैलाई समान गर्ने बताएका छन् । पुस्तक वितरणमा जनक शिक्षाले विभेद गरेको व्यवसायीहरुको गुनासो प्रति लक्षित गर्दै श्रेष्ठले आगामी दिनमा वितरण प्रणालीलाई समान गर्ने बताए ।
पाल्पाबाट दुई बोरा अवैध कपडा बरामद
बिहीबार, भदौ १६, २०७९
पाल्पाबाट अवैध दुई बोरा कपडा बरामद गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ पैठेडाँडामा चेकजाँच गर्ने क्रममा प्रहरी चौकी दोभानले विभिन्न प्रकारको दुई बोरा कपडा बरामद गरेको हो ।
यसरी मनाइँदै छ आज ऋषि पञ्चमी
बिहीबार, भदौ १६, २०७९
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
समयसँगै बदलिँदो तिज
बुधबार, भदौ १५, २०७९
‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तिज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको संख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला...
आज नहुने भयो कक्षा १२ को परीक्षाफल प्रकाशित
मंगलबार, भदौ १४, २०७९
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक गर्ने भने पनि साँझा अवेरसम्म पनि गरेनन् । बोर्डले परीक्षाफल सार्वजनिक गर्ने भनिए पनि तयारी नपुगेका कारण गर्न नसकेको हो ।
आज १२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै
मंगलबार, भदौ १४, २०७९
राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
मौलिकता बिर्सिएको तिज
सोमबार, भदौ १३, २०७९
तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तिजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाँचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज अन्तर्गत आज दर खाने दिन हो । तर हिजो आज भने एक महिना अघिदेखि नै दर खाने...
भ्रष्टाचार गर्दिन, गर्न पनि दिदैन : नगर प्रमुख श्रेष्ठ
सोमबार, भदौ १३, २०७९
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । निर्वाचित भएको एक सय दिनका काम तथा उपलब्धी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । नगर प्रमुख श्रेष्ठले तानसेन नगरमा विकास गर्न, सुशासन कायम, गर्न जनताले जिताएर पठाएकाले जनताको भावना अनुसार नै...
पाल्पाको माथागढीमा छोराले गरे बाबुको हत्या !
आइतबार, भदौ १२, २०७९
पाल्पाको माथागढी गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय बालकले बाबु ४५ वर्षीय तिल बहादुर दिसाको हत्या गरेका हुन् । घरायसी विवाद हुने क्रममा उनले चिर्पट दाउराले हानेर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो
शनिबार, भदौ ११, २०७९
बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै
शनिबार, भदौ ११, २०७९
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।


