Shittalpati
रामपुरमा उन्नत जातको विउ बोका वितरण

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज (बेस) नेपालको सहजीकरणमा बोका वितरण गरिएको हो ।

यहाँका दश वटै वडाका बाख्रापालन किसानलाई उन्नत जातको विउ बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ । नस्ल सुधारको लागि उन्नत जातको बोयर क्रस बोका वितरण गरिएको हो । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत नगर भित्रका १० वटै वडा भित्र गठन भएका २१ वटा उपहार समुहलाई २१ वटा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका–८ कोल्टारमा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले एक औपचारिक कार्यक्रमका बिच व्याडे बाख्रा वितरण गरेकी हुन् ।

बोका वितरण गर्दै उपप्रमुख थापाले नस्ल सुधारका लागि विउ बोका वितरण महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले उत्पादनमा वृृद्धि गरी व्यवसायी बन्न बाख्रापालन किसानलाई आग्रह गरेकी हुन् । उनले भनिन् ‘उन्नत जातका बाख्रा पालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउनु पर्ने छ,त्यसका लागि नगर सरकारले आवश्यक सहयोग समेत गर्नेछ ।’ ८ का वडा अध्यक्ष दिनेश आचार्यले विउको रुपमा पाएको बोकाको राम्रो हेरचाह गर्न आग्रह गर्दै उन्नत जातका बाख्रा पालन गरी आत्मनिर्भर बन्न किसानलाई आग्रह गरे । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका प्राविधिक संयोजक क्षितिज विक्रम खाणले वितरण गरिएको विउ बोकाको बारेमा जानकारी गराँउदै आहार विहार र स्वास्थ्यमा ध्यान दिन आग्रह गरे । वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षता, रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारको सञ्चालनमा बोका वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update