बाल ज्योति प्राविमा वृक्षारोपण
शुक्रबार, साउन १३, २०७९
एक हजार चोरेको आरोपमा पत्नीको हत्या
शुक्रबार, साउन १३, २०७९
रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा एक हजार चोरेको आरोपमा एक जनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मंगलबार राति हत्या गरेका हुन् ।
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा
शुक्रबार, साउन १३, २०७९
राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको एसईई परीक्षा २०७८ को रिजल्टमा पाल्पामा ५२ जना विद्यार्थीले मात्र ३.६ देखी ४ जीपीएका साथ ए प्लस ल्याएका छन् । २ सय ५२ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए नतिजा हासिल गरेका छन् भने ५ सय ८ जना विद्यार्थीले २.८ देखी ३.२...
आज विश्व बाघ दिवस मनाइँदै
शुक्रबार, साउन १३, २०७९
विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
विद्यार्थीको भविष्यमाथि त्रिविको खेलवाड
बिहीबार, साउन १२, २०७९
गत जेठ २४ गते त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिन गुल्मीकी जानुका पराजुली त्रिभूवन बहुमुखी क्याम्पस तानसेन परीक्षा केन्द्र पुगिन् । विहान १२ बजेदेखि सञ्चालन हुने परीक्षा दिन ११ः३० बजे नै केन्द्रमा पुगेकी पराजुली त्यहाँ परीक्षा दिने कोही पनि नदेखेपछि आफु सबै भन्दा छिटो आएको भन्दै...
एसईईको नतिजा सार्वजनिक
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
गुल्मीमा अझै भेटिएनन् हराएकाहरू
बुधबार, साउन ११, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन् । उनी आफू मात्रै हिँडिनन्, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर गईन् । छविकला आउने आशामा परिवारले झण्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् ।
तिनाउ खोलामा महिला मृत फेला
मंगलबार, साउन १०, २०७९
तिनाउ खोलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तिनाउ गाउँपालिका–५, स्थित तिनाउ खोलामा सोमबार साँझा अन्दाजी ३५/४० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनलाई खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
भन्दा पुष्पलाल र वीपीको सिद्धान्त, व्यवहारमा अर्कै
आइतबार, साउन ८, २०७९
नेपाली काँग्रेस र नेपाल कम्युनिस्टले सधैँ पुष्पलाल र वीपीको सिद्धान्त र विचारको वकालत गर्दै आएपनि व्यवहारमा त्यस्तो नरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न् । पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले तानसेन आयोजना गरेको ४४ औं स्मृति दिवसको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
ओडारमा रहेका दमाई परिवारलाई घर बनाउन जग्गा !
आइतबार, साउन ८, २०७९
घरबार विहीन भई ओडारमा बस्दै आएको एक परिवारलाई घर बनाउन जग्गा सहयोग भएको छ । विगत लामो समयदेखि बडिगाड गाउँपालिका वडा ६ को खाल नजिकैको ओडारमा बसोवास गर्दै आएका जुना दमाईको परिवारलाई घर बनाउन जग्गा सहयोग भएको हो । उनलाई बाँकेको खजुरा गाँउपालिका वडा ४ डिगाँउ नेपालगञ्जका समाजसेवी लिलबहादुर थापाले...
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
शनिबार, साउन ७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताएका छन् । हेटौंडामा शुक्रबार सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित, व्यवसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका हुन् ।
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
शुक्रबार, साउन ६, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।


