Shittalpati
पाल्पा लायन्स क्लवको पदस्थापना
पाल्पा लायन्स क्लवको पदस्थापना जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पाल्पा लायन्स क्लबको पदस्थापना गरिएको छ । तानसेनमा एक औपचारिक कार्यक्रमका बिच वर्ष ०२२/२३ को पदस्थापना गरिएको हो ।
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धन दल आफैँले मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्नका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्नै कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन लागेका हुन् ।
जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो
जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडी लगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ...
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण हमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।”
नेपालीलाई मृत्युदण्ड
नेपालीलाई मृत्युदण्ड साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्यु दण्ड दिइएको हो । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै जमिनमा गाडिएको छ ।
लडेर एक वृद्धको मृत्यु
लडेर एक वृद्धको मृत्यु जिल्लाको निस्दी गाउँपालिका –५ मा लडेर एकजना वृद्धको मृत्यु भएको छ । सोही वडाको तमासगीरीका ६८ वर्षीय मानबहादुर सिंजालीको लडेर मृत्यु भएको हो ।
आगामी निर्वाचनका लागि भारतद्वारा दुई सय थान सवारीसाधन सहयोग
आगामी निर्वाचनका लागि भारतद्वारा दुई सय थान सवारीसाधन सहयोग आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान) को साँचो...
व्यवस्था फेरियो, अवस्था फेरिएन
व्यवस्था फेरियो, अवस्था फेरिएन झिसमिसे बिहानीमा गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पाको बगनासकाली गाउँपालिका–७ दैलातुका गजवीरको गोठ गत वर्ष फागुनमा आगोले जलेको थियो । उनी भन्दै थिए, ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।’ यहाँ ३२ घरसहित बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुन् ।
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने राजनीतिक दल र उम्मेदवारले कार्तिक १७ गतेपछि मात्र जुलुुस, आमसभा र कोणसभा गर्न पाउने छन् । मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा र कोणसभा कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म पाउने निर्वाचन आयोगले जनाएको छ ...
एक करोड थान मतपत्र छाप्न बाँकी
एक करोड थान मतपत्र छाप्न बाँकी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
Weather Update