मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
मंगलबार, फागुन १६, २०७९
शिक्षकले पाएनन् पारिश्रमिक
सोमबार, फागुन १५, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।
बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
शुक्रबार, फागुन १२, २०७९
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ ।
प्यारागनका विद्यार्थीले पाए दुर्घटना बीमा बापतको भुक्तानी
शुक्रबार, फागुन १२, २०७९
तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीले दुर्घटना बीमा बापतको भुक्तानी रकम पाएका छन् । नेको इन्सुरेन्स लिमिटेड तानसेन शाखाले यहाँका दुई जना विद्यार्थीको दुर्घटना बीमा बापतको २७ हजार रकम भुक्तानी गरेको हो । स्कूलको २३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विद्यालय मार्फत विद्यार्थीका अभिभावकलाई भुक्तानी रकम हस्तान्तरण गरेको छ ...
सरस्वती माविले मनायो ६७ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १२, २०७९
तानसेन नगरपालिका–७ सुन्दर गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१३ सालमा सामुदायिक विद्यालयको रुपमा स्थापना भएको विद्यालयले भव्य समारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।
पाल्पा प्यारागनले मनायो २३ औं वार्षिकोत्सव
बुधबार, फागुन १०, २०७९
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको स्कूलले १० दिनसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
एकवर्षदेखि ओढारको बास
मंगलबार, फागुन ९, २०७९
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
मंगलबार, फागुन ९, २०७९
आज फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ । हरेक वर्ष जस्तै आज पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन...
आज ग्याल्पो ल्होछार मनाइदैं
मंगलबार, फागुन ९, २०७९
आज ग्याल्पो ल्होछार, तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।
पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
#kampani news#
विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
प्रजातन्त्रको स्मरण हुन्छ, अनुसरण हुँदैन
सोमबार, फागुन ८, २०७९
हरेक वर्षको फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ । आइतबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्,...
गुल्मीमा आगोमा जलेर एक महिलाको मृत्यु
आइतबार, फागुन ७, २०७९
आगोमा जलेर गुल्मीकी एक ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
आइतबार, फागुन ७, २०७९
बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी ससुरालीमा मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।


