Shittalpati
प्रेस चौतारीले शितलपाटीकर्मी  पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले शितलपाटीकर्मी कृष्ण पोखरेलसहित ८ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । २४ औं स्थापना दिवसको अवसरमा शाखाले पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

पोखरेललाई भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने शाखाले जनाएको छ । उक्त पुरस्कार अक्षयकोष दाता नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगर रहेका छन् । यसै गरी शाखाले घोषणा गरेका अन्य पुरस्कारहरुमा द्धारिका नेपालले स्थापना गरेको सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, एमाले जिल्ला कमिटी सदस्य विष्णु कार्कीले स्थापना गरेको गिता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत रिमा सोमै, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालद्धारा स्थापित रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार वौडेल, प्रदेश सभासद राजु प्रसाद श्रेष्ठद्धारा स्थापित शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, रामपुरका विनोद श्रेष्ठद्धारा स्थापित पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरमा कार्यरत बन्दना पोखरेल, एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउतद्धारा स्थापित तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवासलाई पुरस्कृत गर्ने घोषणा गरिएको छनौट समितिका संयोजक तथा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य राजेन्द्र लिगलले बताए ।
स्था

पना दिवसको अवसरमा बोल्दै नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मूल्य मान्यतामा आधारित रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पत्रकार भनेको समाजको ऐना भएकाले तथ्य, सत्य, डाटामा आधारित भएर काम गर्नुपर्ने बताए । अहिले विद्युतीय मिडियाहरुको विग विगीले अत्याधिकमात्रामा गलत समाचारहरु प्रशारण भईरहेकाले गलत सूचना रोक्न र गलत सूचना दिनेलाई कडा कारवाही गर्नुपर्ने समन्वय प्रमुख खनालले जोड दिए । लुम्बिनी प्रदेश सांसद खेमबहादुर सारुले हरेक संघ संगठनका नाराहरु अति प्रिय हुन्छन्, काम भने ठिक विपरित गर्छन्, तर प्रेस चौतारीले नारा अनुसारको काम गर्न अनुरोध गरे । प्रदेश सांसद सारुले बाबा जंगबहादुर सारुको सम्झनामा २५ हजार रुपैयाँको अक्षयकोषमा जंग बहादुर स्मृती शिक्षा स्वास्थ्य पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । सबै पुरस्कारको राशी नगद ५ हजार सहित प्रमाण पत्र रहेको छ ।

आउदो जेठ महिनामा विशेष समारोह बिच पुरस्कृत पत्रकारहरुलाई पुरस्कृत गरिने प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताए । पत्रकारिताको काममा नियमित रुपमा क्रियाशिल रहेका पत्रकारहरुलाई सम्मानित गर्दै टिकाउन र विकाउन प्रत्येक बर्ष चौतारीमा आवद्ध पत्रकारहरुलाई पुरस्कृत गर्दै जाने र पुरस्कारदाताहरु पनि थप्दै जाने अध्यक्ष कार्कीले बताए । प्रेस चौतारी पाल्पाका संस्थापक अध्यक्ष केवशराज नेपालले पछिल्लो समय संस्थाका गतिविधी नियमित रुपमा सञ्चालन भएको, चौतारी सम्वद्ध पत्रकारहरुलाई गोलवन्द गरी परिचालन गरेको बताए । कार्यक्रममा पत्रकार महासंघका उप–सभापती भरत शर्माले चौतारीका गतिविधी तथा सक्रियताले अन्य संघ संगठनले सिक्नु पर्ने अवस्था आएको बताए ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले अहिले खोजी पत्रकारीता हराउदै गएको, मिहेनत नगरी कपि पेष्ट पत्रकारिता बढ्दै गएकाले खोजी पत्रकारितालाई मनन् गरेर काम गर्न पत्रकारहरुलाई अनुरोध गरे । प्रेस चौतारी तानसेन नगर कमिटीका अध्यक्ष गुणवती केसीले रेडियो पत्रकारीता शुरु गरेर अहिले संस्थागत जिम्मेवारीमा काम गर्ने अवसर चौतारीबाट पाएको बताईन् । शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य कमलराज तिमिल्सीनाको स्वागत र सहसचिव सन्तोष ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update