Shittalpati
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ निस्दी खोलामा डुबेर एक बालिकाको मृत्युु भएको छ । पौडी खेल्ने क्रममा अचनाक पानीमा डुवी झिरुवासका बेदबहादुर सोतीको ७ वर्षीया छोरी उस्मी सोतीको मृत्युु भएको हो ।
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
ठगी गर्ने नासु पक्राउ
ठगी गर्ने नासु पक्राउ वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।
ठगी गर्ने गिरोह सार्वजनिक
ठगी गर्ने गिरोह सार्वजनिक वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।
तानसेनमा हनुमान जयन्ती मनाइयो
तानसेनमा हनुमान जयन्ती मनाइयो जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । बिहीबार सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हुनुमानको पूजासँगै हनुुमानको मन्दिरमा र·रोगन गरी हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा सनातन धर्मका अनुयायीले नारायणस्थान फूलबारीस्थित हनुमान मन्दिरमा हनुमानको पुजा गरेका हुन् ।
पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला
पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिका –८ बुुडीदमारस्थित खरबारीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुडीदमारका झविलाल रानाको ३० वर्षीय छोरो हिमबहादुर राना मृत फेला परेका हुन् ।
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण पाल्पाको रैनादेवी छहरामा रहेको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढीमा नेपाली सेनाले अध्ययन भ्रमण गरेको छ । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको तानसेनमा अध्ययन भ्रमण गरेको हो ।
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।
Weather Update