पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवल–पाल्पा बसन्तपुर केबलकारको औपचारिक उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा सञ्चालित लुम्बिनी केबलकारको बिहीबार ताम्रपत्र अनावरण गरी विधिवत रुपमा थालनी गरेका हुन् ।
बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरिएको हो । बुटवल उपमहानगरपालिका–३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब तीन किलोमिटर दूरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर मात्र समृद्धि सम्भव रहेको बताएका हुन् । उनलभे भने ‘वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट छ ।’ मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको उनले बताए । केबलकारको यस अघि लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक रुपमा सेवा सञ्चालनमा आएको घोषणा गरेका पनि दुर्घटना बिहीबार मात्र भएको हो । आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरी र हालै नवलपुरको गँैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको जानकारी दिए ।
अध्यक्ष ढकालले रुपन्देहीलाई लुम्बिनी प्रदेशको आर्थिक राजधानी बनाउने यो प्रदेशका राजनीतिक नेतृत्व तथा आमजनताको चाहनालाई पूरा गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने आशा लिएको बताए । केबुलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि ‘रेष्टुरेन्ट’ बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणका क्रममा छन् । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ गोन्डोला रहेको केबलकारले दैनिक छ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको जनाइएको छ ।