Shittalpati
पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा
पाल्पा बस दुुर्घटना : एकै गाउँका ६ को मृत्यु, १८ घाइते, सिंगो गाउँ नै शोकमा  बिहीबार राति बुटवलबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका लागि हिडेको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना भएको हो ।
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । उनले ट्वीट गर्दै बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जलि र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
आजदेखि स्वस्थानी व्रत सुरु
आजदेखि स्वस्थानी व्रत सुरु प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुभारम्भ गरिदै छ ...
पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण प्रदूषण बढ्यो पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाँै उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाश प्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको छैन ।
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा
पत्रकार महासंघ पाल्पाले मनायो स्थापना दिवस तथा साधारणसभा पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत नरबहादुर रानालाई मिर्गौला सम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैला सम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा छन् ।
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द
अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन्
निमाविमा ६ सय ४७ पदमा शिक्षक छनौट हुन सकेनन् शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणीको ६ सय ४७ पदमा शिक्षक छनोट हुन सकेका छैनन् । आयोगले २ हजार ६ सय ६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर ६ सय ४७ पदमा शिक्षक छनौट नै हुन नसकेका हुन् ।
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन
सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ ।
‘लक्ष्मीनारायण धर्मशाला’ आकर्षणको केन्द्र बन्दै
‘लक्ष्मीनारायण धर्मशाला’ आकर्षणको केन्द्र बन्दै कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् ।
Weather Update