Shittalpati
चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः न्यौपाने

तानसेन, तानसेन नगरपालिका –१ मा रहेको चण्डी सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनःसूर्य प्रसाद न्यौपाने चयन भएका छन् । पुुस्तकालयको दोस्रो साधारणसभा तथा  प्रथम अधिवेनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा मीना अर्याल ढुंगाना,सचिवमा धातानन्द शर्मा गैरे, कोषाध्यक्ष बद्रिनाथ शर्मा,सह–सचिवमा बिर्जु खाती भण्डारी चयन भएको भूूसलडाँडा टोलविकास संस्थाका अध्यक्ष जयराम सापकोटाले जानकारी दिए । उनका अनुसार सदस्यमा भिमलाल बस्याल, गोविन्द नेपाल, स्वेता पछाई, गीता खड्का, विष्णु प्रसाद गौतम र राम प्रकाश पंगेनी रहेका छन् ।

अधिवेशनको वडाध्यक्ष सुनिल बस्यालले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले सामाजिक रुपान्तरणका लागि पुस्तकालय एउटा ज्ञानको भण्डार भएकाले यसको प्रचार–प्रसार हुनुुपर्ने बताए । अध्यक्ष बस्यालले पुुस्तकालयको संस्थागत विकासमा वडा कार्यालयले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । पद्म पब्लिक माविका पूूर्व प्रधानाध्यापक गोविन्द प्रसाद नेपालले पुस्तकालय युवाहरुले ज्ञान लिने स्थान र जेष्ठ नागरिकहरुको भुल्ने ठाउँ बन्न सकोस् भन्ने शुुभेच्छा प्रकट गरे । कार्यक्रममा वडास्तरीय टोल समन्वय समितिका सचिव जयराम सापकोटा, युनाईटेड मिसन अस्पताल प्रशासनका प्रवन्धक गणेश घिमिरे, मिना ढुंगाना, जेष्ठ नागरिक पदमनाथ गौतम, कार्यपालिका सदस्य लक्ष्मी नेपाल लगायतले पुुस्तकालयको सफलताको शुुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पुस्तकालय संस्थापक अध्यक्ष सुर्य प्रसाद न्यौपानेले संस्थाको तीन वर्षे कार्यकालको प्रगति प्रतिवेदन पेस गरे भने कोषाध्यक्ष बद्रिप्रसाद गौतमले आर्थिक प्रतिवेदन पेस गरेका थिए । संस्थाकी उपाध्यक्ष डिला खातीको स्वागत, संस्थापक सदस्य भिमलाल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update