शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सोमबार, असोज ६, २०८२
पाल्पाका भगवती मन्दिरहरुमा भक्तजनहरुको भिड
सोमबार, असोज ६, २०८२
बडा दशैंको पहिलो दिन घटस्थापनामा पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठमन्दिरहरुमा घटस्थापना गरेका छन् ।
दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द
सोमबार, असोज ६, २०८२
दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।
सुरु भयो दसैं, आज घटस्थापना
सोमबार, असोज ६, २०८२
नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् नवरात्र आज (सोमबार)बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । दसैं आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको मानिन्छ । पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ९ः१३ बजेको शुभ साइतमा घटस्थापना गरिनु अर्थात् जमरा राख्नु उत्तम मानिन्छ ।
सोह्र श्रद्धा सकियो
सोमबार, असोज ६, २०८२
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध) आइतबार सकिएको छ । अपरÞनकालमा दिव·त पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी यस वर्षको सोह्र श्राद्ध सकिएको हो ।
आज विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाइँदै
आइतबार, असोज ५, २०८२
प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने विश्व शान्ति दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा विश्व शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन
शनिबार, असोज ४, २०८२
गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
‘संविधान दिवस’ को एक दशक
शनिबार, असोज ४, २०८२
असोज ३ संविधान दिवस । संविधान जारी भएको एक दशक पुगेको छ । सात दशकभन्दा लामो संघर्ष, निरन्तर विभिन्न विषयमा भएका आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन लगायतका अनेकौं राजनीतिक घटनाक्रमपछि नेपाली जनताले बहुप्रतिक्षित संविधान हात पारेका हुन् ।
रूपन्देहीमा डुबेर एक बालकको मृत्यु
शुक्रबार, असोज ३, २०८२
खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ ।
पाल्पामा काँग्रेसले मनायो संविधान दिवस
शुक्रबार, असोज ३, २०८२
नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी शुक्रबार संविधान दिवस मनाएको छ । उसले अन्तक्र्रियासँगै मौन प्रर्दशन गरी दिवस मनाएको हो ।
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’
शुक्रबार, असोज ३, २०८२
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, असोज ३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।


