आज विश्वआत्महत्या रोकथाम दिवस
बुधबार, भदौ २५, २०८२
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप
बुधबार, भदौ २५, २०८२
जिल्लामा पहिलो पटक जिल्लास्तरीय अंग्रेजी शब्द निर्माण खेल स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको तानसेन नगरपालिका– ३ मा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको जनाइएको छ ।
रविलाई कारागारबाट निकालियो
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । आन्दोलनरत जेन–जी युवाहरूले लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालेका हुन ।
कुटिए देउवा दम्पती
मंगलबार, भदौ २४, २०८२
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
राप्रपाका सांसदले पनि दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
मंगलबार, भदौ २४, २०८२
सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
मंगलबार, भदौ २४, २०८२
सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन् ।
खानेपानीमन्त्रीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
रुपन्देहीमा निषेधाज्ञा जारी
मंगलबार, भदौ २४, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
आज बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, भदौ २४, २०८२
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।
सुरू भयो सोह्रश्राद्ध
मंगलबार, भदौ २४, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष सोमबारदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...


