Shittalpati
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो
कर्मचारीले लगाए आफ्नै कार्यालयमा आगो प्युठानको एक स्थानीय तहमा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो  लगाएका छन् । यहाँको झिमरुक गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कार्यकक्षमा आगो लगाएका हुन् ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने कामना गर्दै मौन प्रदर्शन
पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने कामना गर्दै मौन प्रदर्शन पाल्पामा ‘लोकतन्त्र बचाऔं, संविधान बचाऔं’ भन्ने काम गर्दै मौन प्रदर्शन  गरिएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा बार एकाई , शिक्षक संघ सहितको सहभागीतामा मौन प्रदर्शन गरिएको हो ।
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन
जेनजी आन्दोलनका मृतकको सम्झनामा अमेरिकामा दीप प्रज्वलन नेपालमा भदौ २३  र २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु भएकाको सम्झनामा अमेरिकाको भर्जिनियामा दीप प्रज्वलन गरिएको छ । अमेरिकाको भर्जिनियामा रहेका नेपालीहरुले नेपालमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण  गर्दै दीप प्रज्वलन गरेका हुन् ।
सामान्य बन्दै गुल्मीको जनजीवन
सामान्य बन्दै गुल्मीको जनजीवन जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् । 
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’ नेपाल पत्रकार महासंघले जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्दै संसद र संविधानको परिधिमा रहेर सरकार  बनाउन पहल गर्नुपर्ने ठहर गरेको छ ।  महासंघले बिहीबार जिल्ला अध्यक्ष  कमलराज तिमिल्सेना र सचिव रामचन्द्र रायमाझीद्वारा हस्ताक्षरित एक अपिल सार्वजनिक गर्दै संसद र संविधानकै परिधिमा रहेर सरकार गठन लगायतका प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो ।
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ... रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ । 
धमाधम भाग्दै कैदी, समात्दै सेना
धमाधम भाग्दै कैदी, समात्दै सेना जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि मंगलबारदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् ।ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, कपिलवस्तु, रुपन्देही, महोत्तरी, तहुँ, पर्सा, मकवानपुर लगायतका जिल्ला कारागारबाट धमाधम कैदीहरू बाहिरिएका हुन् ।
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि  भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।
देशभर निषेधाज्ञा र कर्फ्यू
देशभर निषेधाज्ञा र कर्फ्यू देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू लागू गरेको जनाएको छ ।
Weather Update