Shittalpati
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी,नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update