नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा ‘विजयोत्सव’ निकालिँदै
आइतबार, भदौ १, २०८२

शिक्षा विधेयकमा असन्तुष्टि : प्याब्सन पाल्पाले बुझायो स्थानीय सरकारलाई ज्ञापनपत्र
बिहीबार, साउन २९, २०८२
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पाल्पाले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति दिने शब्दावली राख्ने, छात्रवृत्तिको दायरा विस्तार गर्ने लगायतका प्रावधान आफूहरूको हितविपरीत भएको भन्दै प्याब्सन...

तानसेनमा निकालियो भगवती जात्राको झल्को दिने ‘गणेशको रथयात्रा’
मंगलबार, साउन २७, २०८२
पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको एक सय औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा मंगलबार निकालिएको हो ।

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला
मंगलबार, साउन २७, २०८२
यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो ।

सय वर्षमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा : योगदान गर्नेहरुलाई सम्मान
शनिबार, साउन २४, २०८२
पाल्पाको पुरानो र ऐतिहासिक श्रीनगर सिद्धि विनायक गणेशको रथ यात्राले एक सय वर्ष तय गरेको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्राले एक सय वर्ष तय गरेको हो ।

तानसेनमा सुरु भए जात्रा
शनिबार, साउन २४, २०८२
सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आइएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेन परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भइरहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहर समेत भनिन्छ ।

स्तनपान कक्षविहीन पाल्पाका स्थानीय सरकार
शुक्रबार, साउन २३, २०८२
जिल्लाका चार वटा स्थानीय तह अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म यहाँका चार वटा स्थानीय सरकारले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।

जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा
मंगलबार, साउन २०, २०८२
जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनका साथमा छैनन् । कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन् । घरमा दुई बूढाबूढी मात्रै छन् । ‘टाठाबाठा जति सहरतिर लागेका छन् । म...

स्वास्थ्यमन्त्री सारुको एक वर्ष : स्वास्थ्य क्षेत्रमा सुधारको आशा
मंगलबार, साउन २०, २०८२
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको एकवर्षे कार्यकालमा केही सुधारका आशा देखिएका छन् । १८ साउन २०८१ मा मन्त्री नियुक्ति भएका सारुले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरे ।

झाँगिदै सम्बन्धविच्छेद : स्वतन्त्रताको खोजी कि सामाजिक विचलन !
शुक्रबार, साउन १६, २०८२
यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीलेदुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उनीविवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उनलाई श्रीमान् रघरपरिवारबाट घरछेउका

घट्दै कोदो खेती, मनाइँदै दिवस
शुक्रबार, साउन १६, २०८२
पोषणयुक्त र स्वस्थकर अन्नबालीका रुपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेका छन् । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको छ ।

साउन पन्ध्र संस्कृति : कर्मकाण्ड कि अर्थपूर्ण ?
बिहीबार, साउन १५, २०८२
पाल्पा, नेपाल बहुभाषिक, बहुसंस्कृतिक भएको मुलुक हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ । साउने पन्ध्र संस्कृति पनि एक हो । प्रत्येक वर्ष साउन १५ गते खिर खाएर...

समयसँगै परिवर्तित ‘नाग पञ्चमी’
मंगलबार, साउन १३, २०८२
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (मंगलबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।