Shittalpati
ताल्चा लागेका घर, एक्लिएका बूढापाका
ताल्चा लागेका घर, एक्लिएका बूढापाका गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् ।
गुञ्जिन छाडे ‘असारे भाका’
गुञ्जिन छाडे ‘असारे भाका’ असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन । “असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्”, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भनिन्, “रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो ।”...
पाल्पाबाट छ वर्षयताकै उच्च दालचिनी भारत निर्यात
पाल्पाबाट छ वर्षयताकै उच्च दालचिनी भारत निर्यात चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ । डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो । 
किसानको रोजाइ बदलिँदै :  डिएपी मलको माग बढ्यो, युरियाको खपत घट्यो
किसानको रोजाइ बदलिँदै : डिएपी मलको माग बढ्यो, युरियाको खपत घट्यो अन्नबालीमा अध्याधिक मात्रमा  युरिया मलको प्रयोग हुँदै आएकोमा पछिल्लो समय पाल्पाका किसानहरुले डिएपी (डाइ–अमोनियम फस्फेट) मलको प्रयोग बढाएका छन् । धान रोपाइँको सिजन सुरु भएको र यो समयमा डिएपीले बिरुवाको प्रारम्भिक वृद्धि र जराको विकासमा राम्रो प्रभाव पार्ने भएकाले किसानहरुले यसको प्रयोग बढाउँदै लगेका हुन् ।
पाल्पामा हराउँदै ‘असारे भाका’
पाल्पामा हराउँदै ‘असारे भाका’ तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई अहिले धान रोप्दै गाउने गरेका असारभाकाको याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । “उहिले मनोरञ्जनका साधन केही थिएनन्,” उनले भन्नुभयो, “त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।”
पाल्पामा आम्दानीको मुख्य स्रोत बन्दै ‘दालचिनी’
पाल्पामा आम्दानीको मुख्य स्रोत बन्दै ‘दालचिनी’ जिल्लाको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् । 
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया गए । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताएका उनले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्किए । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उनी घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले दालचिनीको खेती सुरु गरिसकेका रहेछन् ।
लुम्बिनी प्रदेशको बजेट खर्च कमजोर
लुम्बिनी प्रदेशको बजेट खर्च कमजोर लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२÷८३ को ११ महिनामा कुल विनियोजित बजेटको ४७ दशमलव २० प्रतिशत मात्रै खर्च गरेको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा प्रदेश सरकारको बजेट कार्यान्वयन क्षमता कमजोर देखिएको हो ।
पाल्पामा एकै महिनामा ३१ मुद्दा दर्ता, १९ प्रतिवादी पक्राउ
पाल्पामा एकै महिनामा ३१ मुद्दा दर्ता, १९ प्रतिवादी पक्राउ पाल्पामा एकै महिनामा ३१ वटा विभिन्न प्रकारका अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये भवितव्य ज्यान सम्बन्धी १०, आत्महत्या सम्बन्धी ९, लागुऔषध सम्बन्धी २, चोरी सम्बन्धी ३, अभद्र व्यवहार सम्बन्धी ३, ज्यान सम्बन्धी २ र फुटकर ज्यान सम्बन्धी २ वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले...
पाल्पामा हराउन लागेको जनै बाट्न सिकाइँदै
पाल्पामा हराउन लागेको जनै बाट्न सिकाइँदै पछिल्लो समय नयाँ पुस्तामा परम्परागत संस्कार तथा सीपप्रति रुचि घट्दै जाँदा हराउन लागेको जनै बाट्ने कला संरक्षण गर्ने उद्देश्यले पाल्पामा विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । जनतन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउँदै जान थालेपछि ब्राह्मण समाज नेपाल पाल्पाले भने संरक्षणका लागि...
पाल्पाको रैथाने धान लोपोन्मुख अवस्थामा
पाल्पाको रैथाने धान लोपोन्मुख अवस्थामा उन्नत जातका धानको प्रयोग बढ्दै जाँदा यहाँ पाइने रैथाने धानका जातहरू लोपोन्मुख अवस्थामा पुग्न थालेका छन् । बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने जातका धान लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ ।
Weather Update