श्रमिक, मजदुरको सहारा बन्दै निर्माणकर्मी संघ
सोमबार, साउन १२, २०८२

भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले दियो मृतकका परिवारलाई पाँच लाख
आइतबार, साउन ११, २०८२
जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतक निमार्णकर्मीको परिवारलाई आर्थिक सहयोग गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमका बिच लामो समय निर्माण क्षेत्रमा काम गर्दै आएका स्व. टोपबहादुर विश्वकर्माको परिवारलाई पाँच लाख आर्थिक सहायता प्रदान गरेको हो ।

तानसेनको खानेपानीमा बजेट अभाव हुन दिन्न : मन्त्री यादव
शनिबार, साउन १०, २०८२
खानेपानी मन्त्री प्रदीप यादवले तानसेनमा खानेपानी समस्या समाधानका लागि आफुले बजेट अभाव हुन नदिने बताएका छन् । शनिबार तानसेन खानेपानी उपाभोक्ता समितिको दशौं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै मन्त्री यादवले यहाँको खानेपानीको लागि कुनै पनि बजेट अभाव हुन नदिने बताएका हुन् ।

पाल्पामा बढ्यो राजस्व सङ्कलन, एक वर्षमा ६० करोड ८१ लाख ९५ हजार उठ्यो
शनिबार, साउन १०, २०८२
पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व संकलन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २८ लाख ३७ हजार ६ सय ८० रुपैयाँले राजस्व संकलन बढेको हो ।
-1753432221.jpg)
पाल्पामा एक वर्षमा करिब १९ हजारले लिए नागरिकता
शुक्रबार, साउन ९, २०८२
जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरले एक वर्षको अवधिमा करिब १९ हजार जनालाई नागरिकता वितरण गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०८१/०८२ मा गैरआवासीय र अंगीकृतसहित १८ हजार ९ सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेका हुन् ।

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
सोमबार, साउन ५, २०८२
आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा...

घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै
बुधबार, असार ३२, २०८२
तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् । संस्कृति, पर्यटन तथा ण्ण्नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका...

पाल्पामा पहिरो र भू–क्षय रोक्न ‘बायो इञ्जिनियरिङ प्रविधि’
सोमबार, असार ३०, २०८२
तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत पहिरो तथा भू–क्षय नियन्त्रण गर्न थालिएको छ । तानसेनस्थित लामिडाँडाको सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण गर्न थालिएको हो ।

पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु
मंगलबार, असार २४, २०८२
पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा एक सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त मानवीय क्षति भएको हो ।

भैरवनाथ मन्दिर समिति प्रकरण : पोखरेलको पक्षमा उच्च अदालतलद्वारा रिट जारी
सोमबार, असार २३, २०८२
‘भैरवनाथ मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दबहादुर पोखरेलको पक्षमा उच्च अदालत तुलसीपुर बुटवलबाट रिट जारी भएको छ । रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको देखाएर परेको निवेदनमा उच्चबाट रिट जारी भएको हो ।

ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड
सोमबार, असार २३, २०८२
जिल्लाको बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले यहाँको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सुझाव संकलन गरेको हो ।

मानो छरेर मुरी उब्जाउन व्यस्त पाल्पाका किसान
आइतबार, असार २२, २०८२
पाल्पाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । मानो रोपेर मुरी फलाउने महिना सुरु भएकाले किसानहरु अहिले खेतमै देखिन्छन् ।