चेन्नईले पञ्जावलाई २८ रनले हरायो
सोमबार, वैशाख २४, २०८१
राजपत्र प्रकाशनमा देखिएका कमजोरी सुधार्न स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण
आइतबार, वैशाख २३, २०८१
राजपत्र प्रकाशनका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न पाल्पाका स्थानीय तहका कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका राजपत्र सम्पादन र प्रकाशन कार्यमा संलग्न कर्मचारीहरूलाई प्रशिक्षण दिइएको हो ।
दिल खोलेर हासौं
आइतबार, वैशाख २३, २०८१
खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् ।
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी
शनिबार, वैशाख २२, २०८१
नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो ।
राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान
शनिबार, वैशाख २२, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ देखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई प्राथमिक उपचार बक्स
शनिबार, वैशाख २२, २०८१
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाई प्राथमिक उपचार बक्स दिएको छ । नगर सरकारले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका ६० वटा विद्यालयलाई प्राथमिक उपचार बक्स दिएको हो ।
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?
शनिबार, वैशाख २२, २०८१
पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ ।
उपनिर्वाचनले दिएको सन्देश
शनिबार, वैशाख २२, २०८१
इलाममा भएको संघीय सांसद् र बझाङमा भएको प्रदेश सांसद्को उपनिर्वाचनको परिणाम आएको छ । यी जिल्लामा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
पाल्पामा आगलागीः बस्तीमा सल्किँदा ८१ घरगोठ जले, लाखौंको धनमाल नष्ट
शुक्रबार, वैशाख २१, २०८१
पाल्पामा आगाली भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका वस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ : नगर प्रमुख पन्थी
बिहीबार, वैशाख २०, २०८१
गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजीवन जेल हाल्ने व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा पुगेका नगर प्रमुख पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा जंगलमा आगो लगाउने जोसुकै भएपनि जेल हाल्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका हुन् ।
बझाङमा एमालेका भण्डारी विजयी
सोमबार, वैशाख १७, २०८१
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।


