पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको पहिलो जिल्ला भेला भएको छ । पार्टी संगठनलाई थप मजबूद र बलियो बनाएर लैजान रास्वपाले पहिलो जिल्ला भेला तानसेनमा गरेको हो ।
भेलाई पार्टीका लुम्बिनी प्रदेशका उपसभापति सालिकराम घिमिरेले उद्घाटन गरेका हुन् । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका घिमिरेले पार्टी संगठनलाई विस्तार गरी थप बलियो र प्रभावकारी बनाएर लैजान भेला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले अहिले पुराना दलहरुप्रति जनतामा निरासा छाएको बेला रास्वपाले जनतामा उत्साह जगाउनका लागि आफुहरु लागेको बताए । उपसभापति घिमिरेले तल्लो तहदेखिनै पार्टी सरंचनालाई बलियो बनाएर लैजान सबै नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार मित्र कुंवर, प्रदेश कोषाध्यक्ष दुर्गी अर्याल, पार्टीका केन्द्रीय मानव अधिकार संसाधन विभागका सदस्य गणेश पौड्याल लगायतले पार्टी संगठनलाई बलियो बनाएर लैजान सबै एक हुनुपर्नेमा जोड दिए ।
भेलाले विष्णु प्रसाद भण्डारीको नेतृत्वमा १० सदस्यीय नयाँ समिति चयन गरेको छ । जसको उपसभापतिमा सोमप्रसाद गैरे (सुमन), सचिवमा नारायण न्यौपाने, कोषाध्यक्षमा अविता नेपाली रहेका छन् । यस्तै सदस्यहरूमा रमेश प्रसाद न्यौपाने, सञ्जय कुमार सार्की, कृष्ण प्रसाद पराजुली, धुर्ब राज न्यौपाने, सिर्जना पाण्ये भट्टराई, नेत्रप्रसाद बस्याल रहेको रास्वपा पाल्पाले जनाएको छ । भेलामा निर्णय गरिएको व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाका सभापतिहरू पनि जिल्ला कमिटीमा समावेश हुने छन् । भेला जिल्ला सभापति विष्णु प्रसाद भण्डारीको अध्यक्षता, उपसभापति सुमन गैरेको सञ्चालनमा भएको थियो ।