Shittalpati
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना

पाल्पा, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।

अधिवेशनबाट अध्यक्षमा कमलराज तिमिल्सिना, उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा बन्दना पोखरेल, सचिवमा रामचन्द्र रायमाझी, सह–सचिवमा खुलातर्फ दुर्गेश मल्ल, सह–सचिवमा समावेशीतर्फ दानबहादुर हिस्की, कोषाध्यक्षमा विजय वौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा सुुनिल कार्की, नेत्र गैरे, दयाराज न्यौपाने, दिपक ढुङ्गाना, सुशीला रेग्मी, हरिबहादुर विक र धनबहादुर ठाडा निर्वाचित भए । नवनिर्वाचित कार्य समितिको पहिलो बैंठकले कार्यसमिति सदस्यमा विष्णु खनाललाई मनोनित गरेको छ । यसैगरी केन्द्रीय परिषद् सदस्यमा यज्ञमूर्ति तिमिल्सिना, राजेन्द्र लिगल, सीता डोटेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोख्रेल, दीपक भट्टराई, इमानसिंह राना र पवित्रा घिमिरे निर्वाचित भएका छन् । निर्वाचित नेतृत्वको पदस्थापनासँगै बधाई ज्ञापन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा महासंघ पाल्पाका संस्थापक अध्यक्ष एवं संरक्षक मेघराज शर्माले निर्वाचित सम्पूर्ण पदाधिकारी एंव सदस्यहरुलाई बधाई तथा शुभकामना दिर्दै महासंघको गौरवमय इतिहासलाई कायम राख्न आग्रह गरे । उनले पत्रकारहरुको हकहितमा समर्पित भएर संस्थागत विकासमा लाग्न समेत जोड दिए । महासंघका पूर्व अध्यक्षहरु झपेन्द्र गहिरे, गोविन्द भट्टराईले अग्रज पत्रकारहरुको सम्मान गर्दै महासंघलाई थप बलियो र संस्थागत बनाई लैजान जिल्ला नेतृत्वलाई सुझाव दिए । नवनिर्वाचित महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले सबैलाई साथमा लिएर महासंघको गरिमालाई काय राख्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकारहरुलाई विदेश पलायन हुने अवस्थाबाट रोक्ने दिशामा महासंघले योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका जिल्ला  अध्यक्ष कृष्ण  दर्नाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी प्रदेश इन्चार्ज  देव पचाभैया, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरे लगायतले नयाँ नेतृत्वको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा निर्वाचन समितिका सदस्य भरत आचार्यले नवनिर्वाचित समितिलाई प्रधान गरिएको प्रमाणपत्र वाचन गरेका थिए । महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाको अध्यक्षता, निवर्तमान उपाध्यक्ष भरत शर्माको स्वागत, निवर्तमान सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update