Shittalpati
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र गृह मन्त्रालयले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि पत्र पठाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मन्त्रालयले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो ।
आजदेखि पाल्पासहित देशैभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप  लगाइदै
आजदेखि पाल्पासहित देशैभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइदै सरकारले आजदेखि पाल्पासहित देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गर्न लागिएको हो । दादुरा, रुबेला निकै संक्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन...
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माण धमाधम हुन थालेपछि कामले गति लिएको हो । 
मगर दिवसमा रामपुरमा सार्वजनिक विदा
मगर दिवसमा रामपुरमा सार्वजनिक विदा जिल्लाको रामपुर नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते   सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
स्वस्थानीको सन्देश
स्वस्थानीको सन्देश एक महिनादेखि सञ्चालनमा आएको श्रीस्वस्थानी व्रत कथा आजदेखि समाप्त हुँदैछ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरेका थिए ।
आज स्वस्थानी व्रत समापन हुँदै
आज स्वस्थानी व्रत समापन हुँदै यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको शनिबार विधिवतरूपमा समापन हुन लागेको हो ।
नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज
नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज एकदिवसीय क्रिकेटको अन्तिम खेलमा क्यानडा–११ ले नेपाल एलाई ४ विकेटले हराएको छ । यो जितसँगै नेपाल एविरुद्धको सिरिज क्यानडा–११ ले हातपारेको छ । क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको हो ।
जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा  दाङमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा. ५ प. ५४५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.२ झ. ३६५२ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएका थिए । 
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको अध्यक्षमा घिमिरे विजयी नेपाल मुद्रण महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका घनश्याम घिमिरेले विजयी भएका छन् ।  महासंघको शनिबार दाङमा भएको दोस्रो अधिवेशनबाट बाँकेका ज्योति भण्डारीलाई पराजित गर्दै  घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । 
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित
नेदरल्याण्ड्स विरुद्ध नेपालको शानदार जित आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
Weather Update