पाल्पा, तानसेनमा लुम्बिनी स्कूूल युनिफर्म हाउस सञ्चालनमा आएको छ । विद्यार्थीहरुको सेवालाई मध्यनजर गरी तानसेनको शितलपाटी नजिकै युनिफर्म हाउस सञ्चालनमा आएको हो ।
पसलको तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरेका हुन् । पसलको उद्घाटन गर्दै वडा अध्यक्ष शाक्यले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले सहज र सुपथ मूल्यमा सेवा दिन युनिफर्म हाउसलाई आग्रह गरे । हाउसबाट सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुका लागि रेडिमेट ड्रेसहरु पाउनुको साथै स्कूल व्याग, जुत्ता, मोजाहरु पाइने व्यवस्थापक माधव आचार्यले बताए । उनका अनुसार अर्डर अनुसार स्कुल टाई, बेल्ट, ट्रयाकसुट साथै टिसर्टहरु तयार गरिन्छ । यहाँ सुपथ मूल्यमा ड्रेसहरु पाइने आचार्यले बताए । साइज अनुसार एक सेट सर्ट पाइन्टलाई ८ सयदेखि एक हजार ४ सय सम्म पर्ने गर्दछ । जुत्ता ४ सयदेखि ७ सय सम्म पर्ने व्यवस्थापक आचार्यले बताए । युनिफर्म हाउसले अर्घाखाँची, पाल्पा, दाङ,कपिलवस्तु, रुपन्देही, प्युठानबाट समेत सेवा दिर्दै आएको छ । एउटै पसलबाट विद्यार्थीहरुका लागि चाहिले स्कूलका सम्पूर्ण सामानहरु पाइने भएपछि विद्यालयहरुले समेत पसलबाट अर्डर गर्न थालेका छन् ।