नवजनचेतना राष्ट्रिय दैनिक २०८१ जेठ १२ गते शनिबार
शनिबार, जेठ १२, २०८१
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
शुक्रबार, जेठ ११, २०८१
नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम
शुक्रबार, जेठ ११, २०८१
पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
बिहीबार, जेठ १०, २०८१
नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
बिहीबार, जेठ १०, २०८१
तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।
योजनामा बेथिति: व्यर्थमै ३८ लाख बजेटमा ह्युम पाइप विछ्याउँदै
बिहीबार, जेठ १०, २०८१
जिल्लाको तानसेन नगरपालिका–६ लहरेपिपलस्थित सडकमा ह्युम पाइप विछ्याउने काम भइरहेको छ । संघीय सरकारको योजना अन्तर्गत त्रिभुुवन बहुुमुखी क्याम्पस नजिकै रहेको मुख्य सडकको ९० मिटर लम्बाईमा ह्युम पाइप विछ्याउन लागिएको हो ।
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो ।
सुनको मूल्य घट्यो
मंगलबार, जेठ ८, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।
मोबाइल बैंकिङ र क्यूआरको प्रयोग बढ्दो
शनिबार, जेठ ५, २०८१
प्रविधिमा पहुँच बढेसँगै मोबाइल बैंकिङ, क्विक रेस्पोन्स (क्यूआर) वाटेललगायतमा सेवाग्राहीको आकर्षण बढ्दो रहेको छ । चिया पसल र रेस्टुराँदेखि हस्पिटालिटी सेक्टरसम्म भुक्तानीको सहज माध्यम बनेको यी उपकरण बनेका छन् ।
इमानदारिता हराएको राजनीति
शनिबार, जेठ ५, २०८१
नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम इमान हुनुपर्छ । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरु नीतिहरु स्वतः सरल रेखामा हिँड्छन् ।
मासु पसलको मनपरी : खसी, बोकाको भनेर बाख्रीको मासु बेच्नेलाई जरिवाना
शुक्रबार, जेठ ४, २०८१
बुुटवलमा मासुु पसलले मनपरी गर्ने गरेको पाइएको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाले गरेको अनुुगमनका क्रममा मासुु पसलहरुले मनपरी गर्ने गरेको पाइएको हो ।
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
शुक्रबार, जेठ ४, २०८१
बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
शुक्रबार, जेठ ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका –५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर एक जना महिलाको मृत्युु भएको छ । शुक्रबार विहान सोही ठाउँकी ३१ बर्षीया मीना कुमारी लामिछाने मगरको आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो ।


