Shittalpati
‘प्रेप’ विधि बारे सचेतीकरण गर्दै परिवार नियोजन संघ पाल्पा

पाल्पा, एचआईभी संक्रमणको जोखिममा भएकाहरुका लागि लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा पाल्पामा सञ्चालन भइरहेको छ । यो सेवा पश्चिम नेपालमै पहिलो पटक पाल्पामा सुरु भएको हो । यहाँ नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको तानसेनस्थित क्लिनिकमार्फत् सेवा सञ्चालन भइरहेको छ ।

यो सेवा नयाँ भएकाले परिवार नियोजन संघ पाल्पाले जिल्लाका सरोकारवालाहरुमार्फत सचेतीकरण कार्यक्रम गर्दै आएको छ । उसले केही महिना अघिदेखि जिल्लाका विभिन्न व्यक्तिहरुसँग छलफल, अन्तक्र्रिया गर्दै सचेतीकरण गर्दै आएकोे हो । संघले विहीबार र शुक्रबार जिल्लाका सरोकारवाला निकायहरुबिच सूचना सञ्चार तथा समन्वयका लागि सचेतीकरण कार्यक्रम गरेको छ । शुक्रबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रेप बारे सबैलाई  जानकारी गराई बाच्ने र बचाउने अभियानमा साथ दिन सबै सरोकारवाला निकायहरुलाई आग्रह गरे । उनले चुनौतीपूर्ण रहेको एचआईभी संक्रमणको जोखिमलाई कम गर्न प्रेप विधिको सही उपयोग गर्न जोड दिए ।  नेपाल पत्रकार महासंघका जिल्ला सचिव रामचन्द्र रायमाझीले प्रेप विधिले एचआईभी संक्रमणको जोखिम कम गर्नुको साथै संक्रमितहरुप्रति हुने लाञ्छना र विभेदको अन्त्य हुने विश्वास व्यक्त गरे ।  उनले परिवार नियोजन संघले सञ्चालन गरेको अभियानलाई सबै पक्षले साथ दिनुपर्नेमा जोड दिए । कार्यक्रममा  पाल्पा अस्पतालका डा. अरुण शर्मा, युनाइटेड अस्पतालका निर्देशक डा. रचेल कारखले प्रेप एचआईभी संक्रमणको जोखिमलाई कम गर्न प्रभावकारी विधि भएकाले त्यसको सही उपयोग गर्न आग्रह गरे । बिहीबार भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना प्रेपका बारेमा जनचेतना फैलाउने काममा जिल्लाका पत्रकारहरुले आवश्यक सहयोग गर्ने बताए । नेपाल सरकारले  सन २०३० सम्म नेपालबाट एचआइभी सक्रमण तथा एड्स जस्ता रोगहरु उन्मुलन गर्ने लक्ष्य लिएको  र सोहि लक्ष्य पुरा गर्न गराउन प्रेप उपचार विधी निकै प्रभावकारी  देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए । कार्यक्रममा संघका शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले प्रेप विधिका बारेमा सहजीकरण गरेका थिए । उनले एउटै घरपरिवारका श्रीमान र श्रीमति मध्ये एक जना एचआईभी संक्रमित भएको तर अर्काे यौनसाथी संक्रमित नभई जोखिमको अवस्थामा रहेका व्यक्तिले प्रेप उपचार विधि शुरु गरेमा भविष्यमा संक्रमित हुनबाट बचाउने र सक्रमितसँग नियमित यौन क्रियाकलापमा सहभागी हुँदा समेत कुनै जोखिम नहुने बताए । प्रवन्धक न्यौपानेले एक भन्दा बढी साथीसँग यौन सम्पर्क गर्ने व्यक्तिहरुको लागि आइआइभी सक्रमणबाट बचाउने प्रेप उपचार विधिको प्रचार–प्रसार बढेकोले सेवाग्राही बढ्दै गएको  बताए । यो प्रेप उपचार एआरटी सेवा लिईरहेका व्यक्तिहरुले भने प्रयोग गर्न नमिल्ने उनको भनाई छ । 

एआरटी औषधी सेवन गर्ने चरणामा नपुगेका यौन साथी, यौनिक अल्पसंख्यक महिला तथा पुरुष,  यौनकर्मी महिला तथा पुरुष, सुईबाट लागु पदार्थ सेवनकर्ता तथा यौन रोगीहरुलाई एचआइभी संक्रमणबाट बचाउनको लागि यो विधि प्रभावकारी रहेको उनले बताए । प्रवन्धक न्यौपानेले सरल प्रेप औषधी यौन सम्पर्क हुनु अगाडि २४ घण्टादेखि २ घण्टा समयसम्म २ वटा चक्की लिने र यौन सम्पर्क भएको २४ घण्टामा १ चक्की लिने र त्यसको २४ घण्टामा अर्काे चक्की लिनुर्पे बताए । नियमित यौन सम्पर्क गर्ने व्यक्तिले प्रत्येक २४ घण्टामा एक÷एक चक्की निरन्तर सेवन गर्नुपर्दछ । प्रेम उपचार सेवाबाट एचआइभी सक्रमितको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ काम भएको संघका कोषाध्यक्ष माधव अर्यालले बताए ।  उनले प्रेप सेवा प्राप्त गर्न आवश्यक पर्ने सम्पूर्ण चेकजाँच तथा औषधीहरु पूर्णरुपमा निशुल्क रहेको जाकारी गराए । संघले प्रेप उपचारको लागि मेडिकल अधिकृत सहित १० जनाको जनशक्ति २४ सै घण्टा कार्यालयमा परिचालन गरेको छ भने बाहिरी क्षेत्रमा सेवाग्रहीको खोजी सम्पर्कको लागि केही स्वयमसेवकहरु परिचालन गरेको कोषाध्यक्ष अर्यालले बताए । प्रेप उपचारको लागि वेभ साईट मेरो साथी डट कम वा क्युआर कोडबाट अनलाईन बुकि·को व्यवस्था समेत मिलाएको संघले जनाएको छ । प्रेप औषधी प्रयोगले प्राकृतिक रुपमा रहेको यौन शक्तिमा  कुनै कमी नहुने तथा अन्य प्रकारको साईट इफेक्ट नगर्ने ग्यारेन्टी गरिएको छ । नेपाल सरकारले  सन २०३० सम्म नेपाल बाट एचआइभी सक्रमण तथा एड्स जस्ता रोगहरु उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

सरकारको सोहि लक्ष्य पुरा गर्न गराउन प्रेप उपचार विधी निकै प्रभावकारी  देखिएको छ । दुई दिनसम्म चलेको कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो । शुक्रबार भएको कार्यक्रम संघका कोषाध्यक्ष माधव अर्यालको अध्यक्षता, संघका विज्ञ सदस्य पुष्करराज रेग्मीको स्वागत, प्रजनन् विज्ञ सदस्य कमल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update