चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा
शुक्रबार, पुस १७, २०७७
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु
शुक्रबार, पुस १७, २०७७
पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ७ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
शुक्रबार, पुस १७, २०७७
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने...
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने
शुक्रबार, पुस १७, २०७७
वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।
दियोको भरमा वर्षौं बित्यो, बलेन बिजुली
शुक्रबार, पुस १७, २०७७
पुथाउत्तर गङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत आयोजनाको काम अहिलेसम्म पूरा हुन सकेको छैन । यसबाट आसपास क्षेत्रका ९ सय घरधुरी प्रभावित भएका छन् ।
मेलमिलाप नीतिको सान्दर्भिकता : संविधान र लोकतन्त्रको रक्षा
शुक्रबार, पुस १७, २०७७
संविधान र लोकतन्त्रको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवद्र्धन नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको बताएका हुन् ।
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु
शुक्रबार, पुस १७, २०७७
पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा १ सय ९६ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
‘सहकारीले अब बचत तथा ऋण कारोबार गरेर मात्र हुँदैन’
शुक्रबार, पुस १७, २०७७
तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले सहकारीहरुले बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका छन् । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम साधारण सभालाई बिहीबार तानसेनमा सम्बोधन गर्दै नगर प्रमुख शाहीले सहकारीहरुले आफ्नो क्षेत्रलाई व्यापक बनाएर जानुपर्ने भन्दै बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका हुन् ...
सानिमा बैंकले गर्यो ‘सजिलो ई–बैंकिङ्ग’ अपग्रेड
शुक्रबार, पुस १७, २०७७
सानिमा बैंकले ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानलमार्फत डिजिटल बैंकिङ्ग ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको हो ।
मेलमिलाप दिवसको मर्म नभुलौं
शुक्रबार, पुस १७, २०७७
देशभर नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिहीबार मनाएको छ । नेपाली काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउन थालेको ४५ वर्ष पुगिसकेको छ ।
अज्ञात रोगले बाख्रा मरे
बिहीबार, पुस १६, २०७७
जुम्लामा अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए ।
गुल्मी काँग्रेसले पनि मनायो ४५ औं मेलमिलाप दिवस
बिहीबार, पुस १६, २०७७
गुल्मी जिल्लामा पनि नेपाली काँग्रेसले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । गुल्मी काँग्रेसले सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा एक औपचारिक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।


