
पाल्पा । चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका मोटरसाइकल खोज अनसन्धान गरी शुक्रबार सम्बन्धित धनीलाई जिम्मा लगाएको एजनेडी/शित्तलपाटी डटकमलाई जानकारी गराएको छ ।
चोरी भई भेटिएका मोटरसाईकल पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, वुद्धिजङ्ग गुरूङ,साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पीङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् । पछिल्लो समयमा महानगरीय ट्राफिक प्रहरीले चोरी तथा अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्दै आएको छ ।