Shittalpati
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ मोटरसाइकल चोरीमा संलग्न पाँच जना काठमाडामैंबाट पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको हो ।
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं ४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
गुल्मीमा धान उत्पादन उत्साहजनक,  दश प्रतिशतले भयो वृद्धि
गुल्मीमा धान उत्पादन उत्साहजनक, दश प्रतिशतले भयो वृद्धि गुल्मीमा यस वर्ष धान उत्पादन उत्साहजन देखिएको छ । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था, पर्याप्त जनशक्तिका कारण धान उत्पादनमा वृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० दशमलव १८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।
ब्युटीफुल प्रालिसँग एनसेलको सहकार्य
ब्युटीफुल प्रालिसँग एनसेलको सहकार्य एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’अभियान र ‘गो’ पहल अन्तर्गत ब्रेभ बोल्ड एण्ड ब्युटीफुल प्रालिसँग सहकार्य गरेको छ । कम्पनीले ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको हो ।
दुर्घटनामा घाइते युवालाई आर्थिक सहयोग
दुर्घटनामा घाइते युवालाई आर्थिक सहयोग दुर्घटनामा घाइते जिल्लाका एक युवालाई आर्थिक सहयोग जुटेको छ । गत पुस ३ गते अटो दुर्घटनामा घाइते भएका रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय सुनिल विकको लागि आर्थिक सहयोग जुटेको हो ।
उधौली पर्व र योमरी पुन्ही
उधौली पर्व र योमरी पुन्ही किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) बुधबार देशभर मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गरिन्छ ।
नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी
नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउने तयारी नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को संक्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो ।
नेवार, किराँत समुदायले योमरी पुन्ही र उधौली पर्व मनाए
नेवार, किराँत समुदायले योमरी पुन्ही र उधौली पर्व मनाए नेवार र किराँत समुदायले बुधबार योमरी पुन्ही र उधौली पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाएका छन् । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर उनीहरुले चाडपर्व मनाएका हुन् ।
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो । अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
Weather Update