Shittalpati
सानिमा बैंकले गर्‍यो ‘सजिलो ई–बैंकिङ्ग’ अपग्रेड

पाल्पा । सानिमा बैंकले ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानलमार्फत डिजिटल बैंकिङ्ग ‘सानिमा सजिलो ई–बैंकिङ्ग’ अपग्रेड गरेको हो । बैंकले उक्त सेवा बिहीबारदेखि सञ्चालनमा ल्याइएको जनाएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ्ग एप् अपग्रेड गरेको हो ।

बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हँुदा मोबाइल फोन, टेबल र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिने बैंकले जनाएको छ । नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्ने छन् । साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्ने छन् । हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update