पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने
सोमबार, पुस २०, २०७७
गाउँमा पसेर आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा
सोमबार, पुस २०, २०७७
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै
सोमबार, पुस २०, २०७७
बुढेसकालमा सहारा विहीन भएका बुबा–आमालाई हेर्ने दायित्व जो कोही सन्तानको हुन्छ । त्यस्तै दायित्व बोकेका थिए गुल्मीका एक युवकले । एक वर्षअघि बुढा भएका बुबा आमाको हेरचाह गर्ने सपना बुनेका रेसुा नगरपालिका–१४ टेकुवाका २२ वर्षीय मेखबहादुर पेमी अहिले आफै असक्त अवस्थामा छन् ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
सोमबार, पुस २०, २०७७
जिल्लामा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई पुरुषको ज्यान गएको छ । माथागढी गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो । रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुखस्थित सडकमा टिपर दुर्घटना भएको छ ।
निर्वाचनको चर्चा र यसको तयारी
सोमबार, पुस २०, २०७७
प्रतिनिधिसभा विघटनपछि मध्यावधि निर्वाचनको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाखामा दुई चरणको निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत गरेसँगै निर्वाचनको चर्चा चलेको हो ।
पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया
आइतबार, पुस १९, २०७७
पाल्पाली पत्रकारिताका विषयमा तानसेनमा अन्तरक्रिया भएको छ । आइतबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको २९ औं स्थापना दिवसको अवसरमा पाल्पाली पत्रकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
९७.२ प्रतिशत संक्रमित निको भए
आइतबार, पुस १९, २०७७
नेपालमा हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
बेसले मनायो २८ औं वार्षिक साधारण सभा
आइतबार, पुस १९, २०७७
जिल्लामा क्रियाशिल गैरसरकारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालले आफ्नो २८ औं वार्षिक साधारण सभा मनाएको छ । कोरोना महामारीका बिच पनि बेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरी आइतबार साधारण सभा मनाएको हो ।
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु
आइतबार, पुस १९, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु
आइतबार, पुस १९, २०७७
जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।
गुल्मीमा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको शुरुवात
आइतबार, पुस १९, २०७७
जिल्लामा ड्रयागन र प्यासन फलको व्यवसायिक खेतीको सुरुवात भएको छ । मुसिकोट नगरपालिका १ भर्माचौरमा व्यवसायिक रुपमा ड्रयागन र प्यासन फलको सुरुवात भएको हो ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
आइतबार, पुस १९, २०७७
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।

