नवजनचेतना राष्ट्रिय दैनिक २०७८ असार ६ गते आइतबार
आइतबार, असार ६, २०७८
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री
शनिबार, असार ५, २०७८
गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो
शनिबार, असार ५, २०७८
जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । शनिबार विहान करेन्ट लागेर रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विकको ज्यान गएको हो ।
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, असार ४, २०७८
सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत
शुक्रबार, असार ४, २०७८
महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराएकी छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले परिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।
प्राकृतिक विपत्तिबाट सिर्जित समस्या र सजगता
शुक्रबार, असार ४, २०७८
नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ बढी नै विपत्ति आइपर्यो । नदीनालाका तटीय क्षेत्रका बस्तीहरूमा बाढीले बबन्डर मच्चाउन थालेको छ । विशेषगरी सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा जनधनको ठूलो क्षति भएको खबर छ ।
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा
शुक्रबार, असार ४, २०७८
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारमा राहत लिएर गएका छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले पुरिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारमा राहत लिएर गएका हुन् ।
गणतन्त्र की ओलीतन्त्र ?
शुक्रबार, असार ४, २०७८
दुईटा ठूला–ठूला ढुगांले च्यापिएको हाम्रो मुलुकमा कहिले राणातन्त्र त कहिले राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्र मात्र नभएर यतिखेर लोकतन्त्र आएको हो कि ओलीतन्त्र हो भनेर जनहरु झुकिन्ने गर्दछन् । लोकतन्त्रमा विधिको शासन हुन्छ कानुनी राज्य हुन्छ । सर्वोच्च निकाय भनिने संसद हो । संसदबाटै छलफल भएरै सबै कुरा हुन्छ तर खोजिए...
पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते
शुक्रबार, असार ४, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय १७ जना संक्रमितले कोरोना जितेका हुन् ।
तानसेन सरकारले गर्यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल
शुक्रबार, असार ४, २०७८
जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जिल्लाका पत्रकारहरुसँग छलफल तथा अन्तक्र्रिया गरेको छ ।


